विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन सबैको योगदान अनिवार्य भएको बताए । उनले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवद्र्धनका साथै आर्थिक विकास […]

Mar 3, 2025 - 15:02
 0
विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन सबैको योगदान अनिवार्य भएको बताए ।

उनले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवद्र्धनका साथै आर्थिक विकास एवं सामाजिक प्रगतिसहित समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक पर्ने सहयोग र सहायता प्राप्त गर्न विकास साझेदार राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपालको बैदेशिक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गराउन आवश्यक सहयोग पु¥याउँदै आएको परिषद्ले शान्ति र विकाससम्बन्धी कामलाई प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा नेपाल विश्व सम्बन्ध परिषद्को जर्नल पनि सार्वजनिक गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register