२३औं यदु स्मृति पत्रकारिता पुरस्कार पाठकलाई (तस्वीरहरु)
काठमाडौं । पत्रकार दिलभुषण पाठकलाई २३औं यदु स्मृति पत्रकारिता पुरस्कार, २०८१ प्रदान गरिएको छ । यदु स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार बुधबार २६ औं यदु स्मृति दिवसको अवसरमा पत्रकार पाठकलाई प्रदान गरिएको हो । उक्त पुरस्कार स्व.यदु गौतमको स्मृति दिवसको अवसरमा फागुन २१ गते काठमाडौंको प्रेसिडेन्सियल कलेजमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका […]

काठमाडौं । पत्रकार दिलभुषण पाठकलाई २३औं यदु स्मृति पत्रकारिता पुरस्कार, २०८१ प्रदान गरिएको छ । यदु स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार बुधबार २६ औं यदु स्मृति दिवसको अवसरमा पत्रकार पाठकलाई प्रदान गरिएको हो ।
उक्त पुरस्कार स्व.यदु गौतमको स्मृति दिवसको अवसरमा फागुन २१ गते काठमाडौंको प्रेसिडेन्सियल कलेजमा आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।
तत्कालीन नेकपा एमाले रुकुमका सचिव रहनुभएका यदु गौतमलाई २०५५ साल फागुन २१ गतेका दिन साबिक रुकुमको गरायला गाविस वडा नम्बर ४ मा तत्कालीन विद्रोही माओवादीद्वारा हत्या गरिएको थियो ।
उनकै स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । पाठक यदु स्मृति पत्रकारिता पुरस्कार पाउने २३औं पत्रकार हुन् ।
तस्वीरहरु:-
What's Your Reaction?






