योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । राष्ट्रगुरु योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । नरहरीनाथको १११औं जन्मजयन्तीमा आयोजित कार्यक्रममा यस्तो माग गरिएको हो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधिश गोपाल पराजुली, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलगायतका वक्ताले नरहरीनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् । प्रा.डा. सिंहले नेपालको पूर्नजागरणका […]

Mar 3, 2025 - 06:48
 0
योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । राष्ट्रगुरु योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । नरहरीनाथको १११औं जन्मजयन्तीमा आयोजित कार्यक्रममा यस्तो माग गरिएको हो ।

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधिश गोपाल पराजुली, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलगायतका वक्ताले नरहरीनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।

प्रा.डा. सिंहले नेपालको पूर्नजागरणका महान अभियन्ता नरहरिनाथलाई नेपालले चिन्न नसकेकोमा दुःख व्यक्त नरहरीनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरे ।

पूर्व प्रधानन्यायाधीश तथा हिन्दु राष्ट्रिय स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक गोपाल पराजुलीले नरहरीनाथको योगदानको कदर गर्दै उनको विचार र दर्शन नेपाली जनजनमा पुर्‍याउन राष्ट्रिय विभूति घोषणा गरेर योगीको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने पनि उनले बताए ।

अर्का पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले योगीलाई लामो समयसम्म सरकार र देशले चिन्न नसके पनि अब योगीको योगदानको खोजी हुन थालेकोमा खुशी व्यक्त गरे ।

‘मखँ तारिणी कुमारी माजु’को पूजा अर्चना गरि सुरु भएको समारोहमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, हिन्दु स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सङ्घ चालक कल्याणकुमार तिम्सिना, विश्व हिन्दु परिषद्का प्रदेश अध्यक्ष जीवन डङ्गोल लगायत सहभागी थिए ।

राष्ट्रगुरुका रुपमा परिचित योगी नरहरीनाथ कालीकोट जिल्लाको लालु गाउँमा १७ फागुन १९७१ मा जन्मिएका थिए । बनारस, हरिद्वार, तिब्बतदेखि श्रीलङ्कासम्म र अफगानिस्तानदेखि म्यानमारसम्मका मठमन्दिरहरूमा सत्संग गर्दै इतिहास, भाषा र संस्कृतिको अध्ययन गरेका नरहरीनाथले लेखेका हाम्रो देश दर्शन, सन्धीपत्र सङ्ग्रहलगायतका किताब चर्चित छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register