अध्यादेशको विरोध गर्न माओवादी सांसदले लिए प्रदीप गिरीको सहारा 

काठमाडौं । अध्यादेशको विरोध गर्दै माओवादी सांसद माधव सापकोटाले नेपाली काङ्ग्रेसका दिवङ्गत नेता प्रदीप गिरीलाई सम्झिएका छन् । निजीकरण पहिलो संशोधन अध्यादेशमा विरोधमा बोल्दै सापकोटाले गिरीलाई उद्धृत गर्दै सङ्ख्याहरूको तन्त्र मात्र लोकतन्त्र नभएको बताए । “यही सदनका पूर्वमान्य प्रदीप गिरीलाई सम्झँदै स्मरण गर्न चाहन्छु । उहाँले भन्नुहुन्थ्यो लोकतन्त्र भनेको सङ्ख्याहरूको तन्त्र र त्यहाँ बसेर ढ्याप-ढ्याप […]

Mar 5, 2025 - 10:41
 0
अध्यादेशको विरोध गर्न माओवादी सांसदले लिए प्रदीप गिरीको सहारा 

काठमाडौं । अध्यादेशको विरोध गर्दै माओवादी सांसद माधव सापकोटाले नेपाली काङ्ग्रेसका दिवङ्गत नेता प्रदीप गिरीलाई सम्झिएका छन् ।

निजीकरण पहिलो संशोधन अध्यादेशमा विरोधमा बोल्दै सापकोटाले गिरीलाई उद्धृत गर्दै सङ्ख्याहरूको तन्त्र मात्र लोकतन्त्र नभएको बताए ।

“यही सदनका पूर्वमान्य प्रदीप गिरीलाई सम्झँदै स्मरण गर्न चाहन्छु । उहाँले भन्नुहुन्थ्यो लोकतन्त्र भनेको सङ्ख्याहरूको तन्त्र र त्यहाँ बसेर ढ्याप-ढ्याप गर्ने मात्र हैन।” उनले बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै भने ।

लोकतन्त्रको वकालत गर्नेसमेत सङ्ख्याको बलमा लागेको भन्दै सापकोटाले गगन थापामाथि समेत टिप्पणी गरे । “मैले यहाँ गगन थापा पनि देखेको छु । म जसरी नै सुरुको कार्यकालमा बहस पनि गर्नुहुन्थ्यो । के लोकतन्त्र भनेको त्यहाँ बसेर सङ्ख्या तन्त्रका आधारमा बुरुक्क बुरुक्क उफ्रिएर टाउका देखाएर पास गर्ने लोकतन्त्र हो ?,” सापकोटाले प्रश्न गरे ।

सङ्ख्याको बलमा मात्र अध्यादेश ल्याइएको भन्दै सापकोटाले सरकार निरङ्कुश बन्न खोजेको आरोप लगाए । “लोकले के भनेको छ वाही ? आम नागरिक समाज के भन्दै छ ? सिङ्गो देशले के बोलिरहेको छ ?,” सापकोटाले अध्यादेशको औचित्यमाथि प्रश्न गरे ।

उनले प्रतिनिधि सभामा भूमिसम्बन्धी अध्यादेश किन पेस नगरेको प्रतिसमेत प्रश्न उठाए । भूमि अध्यादेशसम्बन्धी विधेयक पेस गर्न नसकेको भन्दै सापकोटाले अन्य अध्यादेशसमेत सदनमा पेस गर्न सरकारसँग नैतिक बल नभएको बताए ।

“तपाईंहरूको अध्यादेश कता हरायो ? त्यो फिर्ता लिएको जानकारी छैन । एउटा विधेयक त्यहाँ जे प्रस्तुत गर्न सक्नुभएको स्थितिमा नैतिक रूपमा यी सबै अध्यादेशहरू सेफ्टीट्याङ्कीमा झरेको हैन ?,” सापकोटाले भने ।

अध्यादेशको विरोधको बोल्नुअघि प्रदीपलाई सम्झिएका सापकोटाले आफ्नो मन्तव्यको अन्तिममा समेत पुनः सम्झिए ।

“म एक पटक पुनः प्रदीप गिरीलाई सम्झँदै सङ्ख्याको तन्त्र भनेको लोकतन्त्र हैन । लोकतन्त्र भनेको विधिको शासन हो संविधानको शासन हो । लोकतान्त्रिक मूल्यमान्यताको हिसाबले सर्वथा गलत छ । यसले संसद्लाई नाङ्गो ढङ्गबाट झम्टिरहेको छ ।” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register