मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बित

जनकपुर । मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बनमा परेका छन् । विश्वविद्यालयको सिनेटले उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार भगवान ठाकुरलाई निलम्बन गरेको हो । सिनेटको बहुमतले महतो र यादवलाई निलम्बन गरेको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिइन् । प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा […]

Mar 5, 2025 - 10:50
 0
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बित

जनकपुर । मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बनमा परेका छन् ।

विश्वविद्यालयको सिनेटले उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार भगवान ठाकुरलाई निलम्बन गरेको हो । सिनेटको बहुमतले महतो र यादवलाई निलम्बन गरेको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिइन् ।

प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिको सुझावअनुसार निलम्बन गरिएको मन्त्री शर्माको भनाइ छ ।

गत असोज ७ मा बुझाइएको प्रतिवेदनले उनीहरू अनाधिकृत गतिविधिमा संलग्न देखाएकाले दुवैलाई निलम्बन गरिएको मन्त्रीले बताइन् ।

सिनेट बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ । नीतित तथा कार्यक्रम रोकिँदा विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको थियो ।

आर्थिक कारोबार रोकिएर तलब नपाएपछि कर्मचारीहरूले तलब माग गर्दै फागुन पहिलो साता विश्विद्यालयमा तालाबन्दीसमेत गरेका थिए । सिनेटका निर्णय कार्यान्वयनमा गएसँगै विश्वविद्यालयका सबै समस्या समाधान हुने मन्त्री शर्माको विश्वास छ ।

उपेन्द्र-सिके टकरावले बन्द हुने अवस्थामा मधेस कृषि विश्वविद्यालय

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register