न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ । न्यूजील्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो । न्यूजील्याण्डले दिएको ३६३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउदै ३१२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतक प्रहार […]

Mar 6, 2025 - 02:34
 0
न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ ।

न्यूजील्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो ।

न्यूजील्याण्डले दिएको ३६३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउदै ३१२ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतक प्रहार गरेपनि दक्षिण अफ्रिकालाई जिताउन जिताउन भने सकेनन् । त्यस्तै रस्सी भन डेर दुसेनले ६९ रन बनाए भने कप्तान टेम्बा बभुमाले ५६ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर मिचेल सान्टनरले ३ विकेट लिए भने माट हेनरी र ग्लेन फिलिपले २(२ विकेट लिएका थिए ।

यस अघि न्यूजील्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउदै ३६२ रन बनाएको थियो ।

पाकिस्तानको लाहोरमा भएको खेलमा न्यूजील्याण्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतकीय पारी खेलेका थिए । यस खेलमा रविन्द्रले १०८ र विलियम्सनले १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डार्यल मिचेल र ग्लेन फिलिपले ४९(४९ रन बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर लुंगी एनगीडीले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा विआन मुल्डरले एक विकेट लिएका थिए ।

अब न्यूजील्याण्डले आगामी आइतबार हुने फाइनलमा उपाधिका लागि भारतको सामना गर्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register