अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुक्रबारदेखि

धरान । सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । बिहीबार इटहरी–४ स्थित मेट्रिक्समा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो । एसियन पिपुल्स थिएटर फेष्टिबल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०२५ को आयोजना गरिएको मूल संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रम श्रीले बताए । यही फागुन २५ गतेसम्म […]

Mar 6, 2025 - 16:05
 0
अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुक्रबारदेखि

धरान । सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । बिहीबार इटहरी–४ स्थित मेट्रिक्समा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।

एसियन पिपुल्स थिएटर फेष्टिबल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०२५ को आयोजना गरिएको मूल संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रम श्रीले बताए । यही फागुन २५ गतेसम्म आयोजना हुने महोत्सव इटहरी म्याट्रिक्स परिसरभित्र सांस्कृतिक भवन थिएटर हल सञ्चालन हुनेछ ।

महोत्सवमा १३ मुलुकका २० वटा नाट्य संस्थाका ४४ जना विदेशी रङ्गकर्मी र संस्कृतिकर्मी कलाकारको सहभागिता रहने छ । महोत्ससव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौंको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको अध्यक्ष विक्रम श्रीले बताए ।

महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाहरु साथै सांस्कृतिक आदन—प्रदानका गरिने छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको आयोजकको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register