पाथीभरा मन्दिर जाने ‘सिजन’ सुरु

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथीभरा जान सकिए पनि मुख्यतया बडादशैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ । तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो […]

Mar 18, 2025 - 01:20
 0
पाथीभरा मन्दिर जाने ‘सिजन’ सुरु

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथीभरा जान सकिए पनि मुख्यतया बडादशैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ ।

तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो । चिसो मौसममा भक्तजनको सङ्ख्या न्यून रहने गरे पनि बडादसैँ र रामनवमीको समयमा दैनिक हजारौँ भक्तजन पाथीभरा पुग्ने गर्छन् ।

यस वर्ष पाथीभरामा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवादका कारण फागुन महिनामा अघिल्लो वर्षको तुलनामा भक्तजनको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वर्ष फागुनमा १७ हजार ९१२ भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष सोही अवधिमा करिब सात हजार ४२८ मात्रै यहाँ आएका छन् । समग्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै दुई हजारभन्दा बढी भक्तजन पाथीभरा आएका छन् ।

केबलकारको विरोधमा केही दिन भएको बन्द तथा यसबाट उत्पन्न परिस्थितिका कारण भक्तजनको सङ्ख्यामा कमी आएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनले हाल पाथिभरा जान आउन कुनै समस्या नभए पनि कतिपय भक्तजनमा अन्योलता कायमै रहेकाले निर्धक्क भएर आउन आग्रह गरे ।

पाथीभरालाई साक्षात् देवीको रूपमा लिइने भएकाले यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । यही आस्थाका कारण स्वदेशी मात्र नभई भारतलगायत विभिन्न देशका भक्तजनसमेत यहाँ आउने गर्छन् । पाथिभरा क्षेत्र विकास समितिका अनुसार वार्षिक करिब तीन लाख भक्तजन यहाँ पुग्ने गरेका छन् ।

पाथीभरा जाने सुकेटार काफ्लेपाटी सडकखण्ड स्तरोन्नति, तमोर करिडोर निर्माण हुनुका साथै पछिल्लो समय प्रचारप्रसारसमेत बढेकाले विगतका वर्षको तुलनामा भक्तजनको सङ्ख्या भने बढ्दै गएको समितिले जनाएको छ । हिजोआज इटहरी, धरान हुँदै तमोर करिडोर र झापाको बिर्तामोड, इलाम हुँदै पाथीभरा जान सकिन्छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register