रिङ्कु सदा मृत्यु प्रकरण : पक्राउ परेका सार्वजनिक,  ४ जना अझै फरार

जनकपुरधाम । सिरहाकी रिङ्कुकुमारी सदा मृत्यु प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले  सार्वजनिक गरेको छ । नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदा प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । प्रहरीका अनुसार, अहिलेसम्म यो घटनामा जम्मा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित […]

Mar 7, 2025 - 13:03
 0
रिङ्कु सदा मृत्यु प्रकरण : पक्राउ परेका सार्वजनिक,  ४ जना अझै फरार

जनकपुरधाम । सिरहाकी रिङ्कुकुमारी सदा मृत्यु प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले  सार्वजनिक गरेको छ ।

नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदा प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार, अहिलेसम्म यो घटनामा जम्मा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साह सहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास रहेका छन् ।

उनीहरुमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्य जाहेरीमा नाम नभए पनि पञ्चायती गराउनमा संलग्न  व्यक्तिहरु हुन् । चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो ।
यसैगरी, बलात्कारका मुख्य आरोपी रुपेश गत २१ गते पक्राउ परेका थिए । अन्य चार जनालाई भने शुक्रबार बिहान लुकिछिपी बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।

उनीहरूमाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न अन्यको खोजीकार्यमा प्रहरीको छुट्टाछुट्टै टोली खटिएको प्रहरीले जनाएको छ ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । तर, वडा सदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा र पीडक पक्षको धम्कीले गर्दा पीडित युवती ३० गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सो घटनाका विषयमा विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशित भएपछि प्रहरीले बलात्कारमा संलग्न तीनजना र पञ्चायती गर्ने ५ गरी ८ जनाविरुद्ध जाहेरी लिएर अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register