११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा कनकाई-९ का आठ जेष्ठमाता सम्मानित

चन्द्र बस्नेतकनकाई ,२३ फागुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिका वडा न.९ ले विविध सास्कृतिक कार्यक्रमका साथ जेष्ठ आमाहरूलाई सम्मान गरेको छ। यो वर्ष शनिबार अर्थात् भोलि ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। दिवसको पुर्व सन्द्यामा शुक्रबार कनकाई ९ स्थित वडा कार्यलय परिषरमा विविध सास्कृतिक कार्यक्रम सहित वडाका सबै [...] The post ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा कनकाई-९ का आठ जेष्ठमाता सम्मानित appeared first on Jhapa Online.

Mar 7, 2025 - 14:37
 0
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा कनकाई-९ का आठ जेष्ठमाता सम्मानित

चन्द्र बस्नेत
कनकाई ,२३ फागुन ।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिका वडा न.९ ले विविध सास्कृतिक कार्यक्रमका साथ जेष्ठ आमाहरूलाई सम्मान गरेको छ।

यो वर्ष शनिबार अर्थात् भोलि ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। दिवसको पुर्व सन्द्यामा शुक्रबार कनकाई ९ स्थित वडा कार्यलय परिषरमा विविध सास्कृतिक कार्यक्रम सहित वडाका सबै आठ वटै टोलका एक-एक जना जेष्ठ आमाहरुलाई सम्मान गरेको हो।


सम्मानित हुनेहरुमा धनमाया न्यौपाने ,डुमोसरी राजबङ्शी ,बानसरी राजबङ्शी ,बुदिन मर्डी ,मनमाया मगर,तालामई हेमरम ,दुखनी चौधरी र रनमाया कार्की गरि टोलका ८ जना जेष्ठ आमाहरूलाई सम्मानित गरेको वडा सचीव जिसु मुर्मुले जानकारी दिनुभयो ।


कार्यपालिका सदस्य तथा कार्यक्रमकी संयोजक सुशीला बुधनी कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि उप प्रमुख आशाशर्मा शिवाकोटी रहनुभएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले महिलाहरूका लागि अझै पनि जति अवसर पाउनुपर्ने हो त्यति पाउन नसकेको भन्दै महिलाहरू आफै अगाडी बढ्नु पर्ने र सरकारले पनि अवसर दिनुपर्ने बताउनुभयो ।उहाँले एकदिन मात्रै कार्यक्रम गरेर उहाँहरुको जिवनस्तर उठ्न नसक्ने बताउनुभएको थियोे ।महिलाहरूलाई अवसर दिएमा हरेक कुरा समयमै सफल र पारदर्शी बनाएको उदाहरण समेत दिनुभएको थियोे ।


कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रप्रसाद उप्रेती ,कार्यपालिका सदस्य चेता राई, महिला नेतृ सावित्रा जोसि , राजबङ्ग्शी कोच भवनका अध्यक्ष प्रेम राजबङ्ग्शी , आदर्श विद्यामन्दिर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान उप्रेती ,टोलन २ का अध्यक्ष टहलराज राजबङ्ग्शी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा विभिन्न राजनीतिक दल , वडा सदस्य , कर्मचारी ,विभिन्न महिला समूह , आमा समूह, कृतन मन्डली का साथै वडाका ८ वटै टोलका संयोजक सहित विभिन्न पदाधिकारी , संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ,ईलाका प्रहरी कार्यलय घैलाडुब्बाका प्रमुख फुदु मुर्मु लगायतको आतिथ्यता रहेको थियोे ।कार्यक्रममा ईस्टन एभरेष्ट स्कुलबाट सामुहिक रास्ट्रिय गीत, आधुनिक गीत, विद्यालयकी सस्थापक तथा संचालक झुमा आचार्य (वेडारी ) बाट एकल नृत्य सहित अन्य विविध सास्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियोे । कनकाई नगर महिला अपांगता तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले औचित्य माथी प्रकाश पारेको कार्यक्रमको स्वागत कल्पना मगरले गर्नुभएको थियोे भने संचालन वडा सदस्य तारा दमाईले गर्नुभएको थियोे ।

The post ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा कनकाई-९ का आठ जेष्ठमाता सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register