भूकम्प आउनुभन्दा पहिले प्रकृतिले दिन्छ यस्ता सङ्केत

काठमाडौं । भूकम्प, जसको नाम मात्रै सुनेर पनि डर लाग्छ । त्यसलाई महसुस गरेपछि मानिसको मन झनै विचलित हुन्छ । यद्यपि, यी झट्का लामाे समयसम्म महसुस नभए पनि धेरै दिनको निद्रा उडाउन सक्छ । त्यसैले यहाँ हामी तपाईंलाई भूकम्प आउनुभन्दा पहिले प्रकृतिले के सङ्केत दिन्छ यसबारे बताउनेछौँ- तपाईंलाई सायद थाहा होला कि विश्वभर हरेक वर्ष […]

Mar 8, 2025 - 08:03
 0
भूकम्प आउनुभन्दा पहिले प्रकृतिले दिन्छ यस्ता सङ्केत

काठमाडौं । भूकम्प, जसको नाम मात्रै सुनेर पनि डर लाग्छ । त्यसलाई महसुस गरेपछि मानिसको मन झनै विचलित हुन्छ ।

यद्यपि, यी झट्का लामाे समयसम्म महसुस नभए पनि धेरै दिनको निद्रा उडाउन सक्छ । त्यसैले यहाँ हामी तपाईंलाई भूकम्प आउनुभन्दा पहिले प्रकृतिले के सङ्केत दिन्छ यसबारे बताउनेछौँ-

तपाईंलाई सायद थाहा होला कि विश्वभर हरेक वर्ष कति भूकम्पहरू आउँछन् । जहाँ १६ वटा भूकम्प हुन सक्छन्, जसको तीव्रता म्याग्निच्युडमा ७ भन्दा माथि हुन्छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भकाअनुसार हरेक वर्ष १० लाखभन्दा बढी साना–साना भूकम्प आइरहन्छन्, जसको बारेमा हामीलाई थाहा पनि हुँदैन ।

भूकम्प आउनुभन्दा अघि प्रकृतिले केही सङ्केत दिन्छ । तीमध्ये एक तलाउ, नहर, पोखरीबाट एक अनौठो दुर्गन्ध आउँछ र पानी तातो हुन्छ । यस्तो टेक्टोनिक प्लेटहरू हल्लिँदा उत्पन्न हुने ग्यासको कारणले हुन्छ ।

भूकम्प आउनुभन्दा पहिले यदि कसैले यसलाई महसुस गर्छ भन् त्यो जनावर हो । इन्डोनेसियाको भयानक भूकम्प र जापानको सुनामीभन्दा पहिले जनावर र चरालाई उच्च स्थानमा जाँदै गरेको देखिएको थियो । जनावरले पृथ्वीको भित्रको हलचलबाट उत्पन्न इलेक्ट्रोनिक सिग्नललाई महसुस गर्न सक्ने भएकोले भूकम्प आउनुभन्दा पहिले थाहा पाउने वैज्ञानिकहरू बताउँछन् ।

सबैभन्दा रोचक तथ्य यो हो कि भूकम्पले पृथ्वीको चाल पनि बदल्छ । मार्च २०११ मा आएको ८.९ म्याग्निच्युडको भूकम्पपछि पृथ्वी केही छिटो घुम्न थाल्यो र सो दिन १.८ माइक्रोसेकेन्ड छोटो भयो । त्यति मात्र होइन, २७ फेब्रुअरी २०१० मा आएको ८.८ म्याग्निच्युडको भूकम्पको कारणले पृथ्वीको माथिल्लो भाग केही फाट्यो र चिलीको कन्सेप्सियन शहर १० फिट पश्चिमतिर सर्‍यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register