पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का
काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । पाकिस्तानमा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको बताएको छ । उही समयमा अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड थियो । पाकिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १२० किलोमिटर तल रहेको बीबीसीको समाचारमा उल्लेख छ । अफगानिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १९३ किलोमिटर तल पाइएको छ […]

काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
पाकिस्तानमा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको बताएको छ । उही समयमा अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड थियो ।
पाकिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १२० किलोमिटर तल रहेको बीबीसीको समाचारमा उल्लेख छ । अफगानिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १९३ किलोमिटर तल पाइएको छ ।
गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पले दुवै देशमा विनाश निम्त्याएको छ ।
भूकम्प प्रभावित थाइल्याण्ड र म्यानमारमा उद्धार कार्य अझै जारी छ ।
What's Your Reaction?






