एनएसएल : लजार आर्सिच झापा एफसीमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीले सर्बियन मिडफिल्डर लजार आर्सिचलाई टोलीमा अनुबन्धन गरेको छ । सर्बिया, दक्षिण कोरिया, चीन, लेबनान, ग्रीस, र हङ्गेरीका शीर्ष लिगमा खेलेको अनुभव रहेका आर्सिचको आगमनले टिमलाई थप बलियो बनाउने झापा एफसीले जनाएको छ । क्लबका महासचिव सुजन गौतमले भने, “लजार आर्सिचको आगमनले हाम्रो आक्रमणलाई नयाँ उचाइ दिनेछ […]

Mar 8, 2025 - 10:48
 0
एनएसएल : लजार आर्सिच झापा एफसीमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीले सर्बियन मिडफिल्डर लजार आर्सिचलाई टोलीमा अनुबन्धन गरेको छ ।

सर्बिया, दक्षिण कोरिया, चीन, लेबनान, ग्रीस, र हङ्गेरीका शीर्ष लिगमा खेलेको अनुभव रहेका आर्सिचको आगमनले टिमलाई थप बलियो बनाउने झापा एफसीले जनाएको छ ।

क्लबका महासचिव सुजन गौतमले भने, “लजार आर्सिचको आगमनले हाम्रो आक्रमणलाई नयाँ उचाइ दिनेछ । उनको अनुभव र खेल शैलीले टिमलाई बलियो बनाउनेछ र झापा एफसीका समर्थकहरूले यस सिजन उत्कृष्ट प्रदर्शनको आशा गर्न सक्छन् ।”

यसअघि नै उज्वेकी डिफेन्डर अजामत अब्दुलेभलाई अनुबन्ध गरिसकेको झापा एफसीले टिमलाई थप बलियो बनाउँदै शीर्षता दाबीलाई सशक्त बनाउने बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register