महिलालाई अधिकार दिनेमा नेपाल अरू देशभन्दा अगाडि छः शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरू देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको अवस्था स्मरण गराए । उनले नेपाल महिलाहरूलाई अधिकार दिने कुरामा अरू देशभन्दा धेरै अगाडि रहेको […]

Mar 8, 2025 - 12:48
 0
महिलालाई अधिकार दिनेमा नेपाल अरू देशभन्दा अगाडि छः शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरू देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको अवस्था स्मरण गराए ।

उनले नेपाल महिलाहरूलाई अधिकार दिने कुरामा अरू देशभन्दा धेरै अगाडि रहेको उल्लेख गर्दै भने, ‘हरेक स्थानीय तहमा अनिवार्य रूपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको छ ।’

सभापति देउवाले देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको धारणा राखे । ‘आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्नेछन्,’ उनले भने ।

कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकारसम्पन्न बनाउन कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register