राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ । महानगरपालिकाका नगर प्रहरी निरिक्षक लिलाराज गाछा मगर थापाले  आइतबार राप्रपा मुख्यालयलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएका हुन् ।  निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई पत्रको बोधार्थ दिइएको छ । पत्रमा भनिएको छ, ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा […]

Mar 9, 2025 - 15:36
 0
राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ ।

महानगरपालिकाका नगर प्रहरी निरिक्षक लिलाराज गाछा मगर थापाले  आइतबार राप्रपा मुख्यालयलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएका हुन् ।  निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई पत्रको बोधार्थ दिइएको छ ।

पत्रमा भनिएको छ, ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको।’

फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको पत्रमा उल्लेख छ ।

राप्रपाले आइतबार पूर्वराजाको स्वागतमा एयरपोर्ट, तिलगंगा गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register