न्यायालयको मर्यादा बढाउन महिला न्यायाधीशहरूको भूमिका महत्वपूर्ण: प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्याय प्रणालीको गौरव रहेको बताएका छन् । सोमबार ललितपुरमा महिला न्यायाधीश सम्मेलन २०८१ लाई सम्बोधन गर्दै उनले न्यायालय र न्याय प्रणालीलाई महिलाहरूको गौरव बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महिला न्यायाधीशहरूले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्न उनले बताए । ‘न्याय […]

Mar 10, 2025 - 07:42
 0
न्यायालयको मर्यादा बढाउन महिला न्यायाधीशहरूको भूमिका महत्वपूर्ण: प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्याय प्रणालीको गौरव रहेको बताएका छन् ।

सोमबार ललितपुरमा महिला न्यायाधीश सम्मेलन २०८१ लाई सम्बोधन गर्दै उनले न्यायालय र न्याय प्रणालीलाई महिलाहरूको गौरव बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महिला न्यायाधीशहरूले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्न उनले बताए । ‘न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा गौरव प्राप्त हुन्छ । महिला न्यायाधीशहरू न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्नसक्नुहुन्छ,’ उनले भने ।

महिला न्यायाधीशरूलाई सहयोगका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । ‘ ‘महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्याय प्रणालीको गौरव हुनुपर्दछ। यसमा म तपाईँहरूलाई मेरा तर्फबाट मैले जुन भूमिका निर्वाह गर्नुपर्दछ, म शुभकामना, बधाई दिन चाहन्छु। म तपाईँको लागि कुनै सहयोग गर्नुपरे कुनै कसर बाँकी राख्नेछैन,’ उनले भने

प्रधानन्यायाधीश राउतले न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता राखेको बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register