एकता महाधिवेशनबारे छलफल गर्न शेष घले बेलायत आउंदा सहजीकरण गरिदिन अनुरोध

लन्डन । सर्वोच्च अदालतको आदेशमा एकता महाधिवेशन गर्न गठित एनआरएनए उच्चस्तरिय समितिका संयोजक डा. शेष घले बेलायत आउने निश्चित भएको छ । आगामी ३ देखि ५ मेसम्म काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनबारे छलफल साथै उच्चस्तरिय समितिको प्रगति विवरण सार्वजनिक गर्न डा. घले मार्च २२ र २३ मा बेलायतमा रहने भएका हुन् । एनआरएनए उच्चस्तरिय समितिकी […]

Mar 10, 2025 - 21:17
 0
एकता महाधिवेशनबारे छलफल गर्न शेष घले बेलायत आउंदा सहजीकरण गरिदिन अनुरोध

लन्डन । सर्वोच्च अदालतको आदेशमा एकता महाधिवेशन गर्न गठित एनआरएनए उच्चस्तरिय समितिका संयोजक डा. शेष घले बेलायत आउने निश्चित भएको छ ।

आगामी ३ देखि ५ मेसम्म काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनबारे छलफल साथै उच्चस्तरिय समितिको प्रगति विवरण सार्वजनिक गर्न डा. घले मार्च २२ र २३ मा बेलायतमा रहने भएका हुन् ।

एनआरएनए उच्चस्तरिय समितिकी सदस्य सचिव जानकी गुरुङले एनआरएनए यूकेलाई सम्बोधन 
गर्दै लेखेको एक पत्रमा डा. घलेको बेलायत कार्यक्रमलाई सहजीकरण गरिदिन अनुरोध छ ।

डा. घलेले गैर आवासीय नेपाली संघको सदस्यता लिएर एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी नेपालीलाई अपिल गर्ने कार्यक्रम छ ।

डा. घले २३ मार्चमा अल्डरसटको प्यालेसमा हुने एकता अधिवेशनमा प्रमुख अतिथी बन्ने एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए ।

उक्त अधिवेशनका लागि वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने पनि विशेष अतिथीका रुपमा सहभागी हुंदैछन् । अहिले एनआरएनए यूकेले ‘मेम्बरसीप ड्राइभ’ लाई प्राथमिकता दिइरहेको गाहामगरले बताए ।

पत्र-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register