स्ववियु निर्वाचन मुस्ताङको क्याम्पसमा सर्वसम्वत नेतृत्व चयन

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ । आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत साेमबार उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी सङ्घ/सङ्गठनबीचको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो । क्याप्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी […]

Mar 11, 2025 - 00:27
 0
स्ववियु निर्वाचन मुस्ताङको क्याम्पसमा सर्वसम्वत नेतृत्व चयन

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ ।

आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत साेमबार उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी सङ्घ/सङ्गठनबीचको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।

क्याप्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम अगावै मुस्ताङको उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका सङ्घ/सङ्गठनको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।

उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्वत निर्वाचित भएकी छिन् ।

उपसभापतिमा नेपाली काङ्ग्रेस निकट नेविसङ्घका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी (नेविसङ्घ), सहसचिवमा धीरज परियार (अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन (नेविसङ्घ) सर्वसम्वत निर्वाचित भए ।

यसैगरी सदस्यमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाट अशोक भण्डारी र कमल गुरुङ, नेविसङ्घबाट मनिका विक निर्वाचित भएको क्याम्पस प्रमुख थकालीले जानकारी दिर्ए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register