विपद जोखिम न्युनिकरणका लागि सरकारवाला सवै मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापनका लागि सरकारवाला सवै मिलेर काम गर्नु पर्ने बताउनु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा बिकास गर्ने सरकारी योजना रहेको बताउनु भयो । उहाँले बैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा […]

Mar 11, 2025 - 06:44
 0
विपद जोखिम न्युनिकरणका लागि सरकारवाला सवै मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

धनगढी ।

गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापनका लागि सरकारवाला सवै मिलेर काम गर्नु पर्ने बताउनु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा बिकास गर्ने सरकारी योजना रहेको बताउनु भयो ।


उहाँले बैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद सामाग्री उपलबध गराईने बताउनुभयो ।

सरकारले प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अव प्रदेश सरकार भएको उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले बिपदको समयमा प्रदेश सरकारसंगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गर्नुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register