तोसिमा कार्कीको सांसद पद जोगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीको सांसद पद जोगिएको छ । सर्वोच्च अदालतले मङ्गलबार कार्कीको पक्षमा आदेश दिँदै उम्मेदवारी कायमै रहेको बताएको हो । ०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएपछि […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीको सांसद पद जोगिएको छ ।
सर्वोच्च अदालतले मङ्गलबार कार्कीको पक्षमा आदेश दिँदै उम्मेदवारी कायमै रहेको बताएको हो ।
०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी जोगिएको थियो ।
पछि उनले कानुन व्यवसायीको सल्लाहमा मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन् ।
मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन् ।
आयोगले त्यस निवेदन उपर कुनै सुनुवाइ नगरी आफू विरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् ।
गत कात्तिक १५ मा न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो ।
What's Your Reaction?






