आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको मंगलबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निशर्त सम्मान हुने वातावरण आवश्यक […]

Mar 11, 2025 - 11:36
 0
आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको मंगलबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निशर्त सम्मान हुने वातावरण आवश्यक रहेकोसमेत बताए ।

उनले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भरता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको बताए ।

“हाम्रो समाज शृङ्गार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरूको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो । सौन्दयकलालाई पेसा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अङ्गका रूपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठुलो योगदान रहेको छ ।” उनले भने ।

अठोट सहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रूपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्नो व्यवसायको माध्यमबाट हजारौँलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैमा चुनौतीपूर्ण र महत्त्वपूर्ण कार्य भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाले महिला उद्यमशीलता तथा महिला सशक्तीकरणका लागि श्रेष्ठको ठुलो योगदान रहेको बताइन् ।

महासङ्घ उपाध्यक्ष हेमराज ढकाल, ज्योस्ना श्रेष्ठ र महासङ्घका पूर्व उपाध्यक्ष भास्करराज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरूका लागि प्रेरणाको स्रोत भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register