८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गरिंदै

वासिङ्टन, फागुन २६ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रम रद्द गरिरहेको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसमा उनको प्रशासनलाई विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनका लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो । […]

Mar 11, 2025 - 12:59
 0
८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गरिंदै

वासिङ्टन, फागुन २६ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रम रद्द गरिरहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसमा उनको प्रशासनलाई विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनका लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो ।

“छ हप्ताको समीक्षा पछि हामी आधिकारिक रूपमा युएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दैछौं,” रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका छन् ।

उनले लेखेका छन् “अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अरबौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन (र केही अवस्थामा हानि पनि पुरयाएको) थियो ।”

युएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्नुका साथै लगभग १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ ।

रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत र रोजगार कटौती गर्ने अभियानमा अर्बपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिए ।

ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन् । तर, सहायता कटौतीले कमजोर मानिसहरूको जीवन जोखिममा पार्न सक्ने सहायता समूहहरूको तर्क छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register