लिभरपुलविरुद्ध पहिलो लेगको नतिजा उल्टाउँदै पीएसजी क्वार्टरफाइनलमा

काठमाडौं । पहिलो लेगको नतिजा उल्टाउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा नतिजा आफ्नो पक्षमा पार्दै पीएसजी अन्तिम आठमा पुगेको हो । यसअघि पहिलो लेगमा इङ्लिस क्लब लिभरपुल १ गोलले अघि थियो । दोस्रो लेगमा पीएसजीले लिभरपुलविरुद्ध उसको […]

Mar 12, 2025 - 00:42
 0
लिभरपुलविरुद्ध पहिलो लेगको नतिजा उल्टाउँदै पीएसजी क्वार्टरफाइनलमा

काठमाडौं । पहिलो लेगको नतिजा उल्टाउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा नतिजा आफ्नो पक्षमा पार्दै पीएसजी अन्तिम आठमा पुगेको हो ।

यसअघि पहिलो लेगमा इङ्लिस क्लब लिभरपुल १ गोलले अघि थियो ।

दोस्रो लेगमा पीएसजीले लिभरपुलविरुद्ध उसको घरमै नतिजा उल्टायो । एनफिल्डमा भएको खेलमा पीएसजीका लागि खेलको १२औं मिनेटमा ओस्मान डुम्बेलले गोल गरेका छन् । यसपछि निर्धारित ९० मिनेट समग्रमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गयो ।

पेनाल्टी सुटआउटमा पीएसजी घरेलु टोली लिभरपुलमाथि ४–१ गोलअन्तरले हाबी भयो ।

पेनाल्टी सुटआउटमा डार्बिन नुनेज र क्रुर्टिस जोनेसले गोल गर्न नसकेपछि ६ पटकको विजेता अन्तिम १६ बाटै बाहिरिएको हो । पीएसजीका इटालियन गोलकिपर जियानलिइजी डोनारुम्माले दुई पेनाल्टी बनाएर टोलीलाई जिताएका हुन् । लिभरपुलका लागि मोहममद सलाहले भने गोल गरेका थिए ।

पीएसजीका सबै पेनाल्टी गोलमा परिणत भएका थिए ।

अन्य खेलमा इटालियन क्बल इन्टर मिलानले डच क्लब फेयनुर्डलाई २–१ गोल अन्तरले हरायो । समग्रमा ४–१ गोलको नतिजा हासिल गर्दै इन्टर अन्तिम आठमा पुग्यो ।

यस्तै जर्मन डर्बीमा बायर्न म्युनिखले बायर लेभरकुसनलाई २–० ले हरायो । समग्रमा ५–० को नतिजा हासिल गर्दै बायर्न क्वार्टरफाइनलमा पुग्यो ।

यसैगरी स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ ले पाखा लगायो । बार्सिलोना समग्रमा ४–१ ले विजयी हुँदै अन्तिम आठमा पुग्यो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register