उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

Mar 12, 2025 - 15:48
 0
उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा

काठमाडौँ।

काठमाडौँ उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँमा पनि गड्याङ्गुडुङसहित अहिले वर्षा भइरहेको छ । ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । अहिले राति वर्षा भएकाले उपत्यकामा दैनिकी सकेर घर तथा फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन् ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ । विगत केही दिनदेखि नेपालमा मौसम बदली भएको थियो । जसका कारण आज हवाई उडानसमेत प्रभावित भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register