इस्कोन नेपालमा फूलको होली (तस्वीरहरू)

काठमाडौं । बुढानीलकण्ठस्थित इस्कोन नेपालमा भगवान चैतन्यको ५३९औं जन्मजयन्ती मनाइँदै फूलहरुको होली खेलिएको छ । देशभर रसायन प्रयोग भएको रङ्गहरु प्रयोग गरि होली मनाउँदै गर्दा काठमाडौंको बुढानीलकण्ठमा अवस्थित नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन नेपाल)ले आज (शुक्रबार) सौहार्दपूर्ण फूलहरुको होली आयोजना गरेको हो । इस्कोन नेपालले सबैभन्दा ठूलो वैष्णव पर्व, गौरा पूर्णिमा पनि आयोजना गरेको […]

Mar 14, 2025 - 12:26
 0
इस्कोन नेपालमा फूलको होली (तस्वीरहरू)

काठमाडौं । बुढानीलकण्ठस्थित इस्कोन नेपालमा भगवान चैतन्यको ५३९औं जन्मजयन्ती मनाइँदै फूलहरुको होली खेलिएको छ ।

देशभर रसायन प्रयोग भएको रङ्गहरु प्रयोग गरि होली मनाउँदै गर्दा काठमाडौंको बुढानीलकण्ठमा अवस्थित नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन नेपाल)ले आज (शुक्रबार) सौहार्दपूर्ण फूलहरुको होली आयोजना गरेको हो ।

इस्कोन नेपालले सबैभन्दा ठूलो वैष्णव पर्व, गौरा पूर्णिमा पनि आयोजना गरेको थियो । इस्कोनका अनुसार भगवान चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ जो यस कलियुगमा स्वर्णयुग अवतारको रूपमा भक्ति सेवाको सिद्धान्त सिकाउनको लागि प्रकट हुनु भएको हो ।

तस्वीरहरू ‍-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register