म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५१ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते

काठमाडौं । उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा भएको आगलागीमा कम्तिमा ५१ जनाको मृत्यु भएको छ । १ सयभन्दा धेरै घाइते भएका छन् । राजधानी स्कोप्जेबाट करिब १०० किमि पूर्वमा रहेको कोचानि सहरको पल्स क्लबमा आइतबार बिहान आगलागी भएको हो । आगलागीमा कम्तीमा ५१ जनाको ज्यान गएको उत्तर म्यासेडोनियाको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सामाजिक […]

Mar 16, 2025 - 09:29
 0
म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५१ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते

काठमाडौं उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा भएको आगलागीमा कम्तिमा ५१ जनाको मृत्यु भएको छ । १ सयभन्दा धेरै घाइते भएका छन् ।

राजधानी स्कोप्जेबाट करिब १०० किमि पूर्वमा रहेको कोचानि सहरको पल्स क्लबमा आइतबार बिहान आगलागी भएको हो ।

आगलागीमा कम्तीमा ५१ जनाको ज्यान गएको उत्तर म्यासेडोनियाको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका फुटेजहरूमा भवन पूरै जलेको र धुवाँ आकाशमा उडिरहेको देख्न सकिन्छ।

एडीएन ब्यान्डको प्रस्तुति भइरहेका बेला आगलागी सुरु भएको थियो । घटनाको बेला १५ सयभन्दा बढी मानिस कन्सर्टमा उपस्थित रहेको बीबीसीले जनाएको छ ।

आतिसबाजीका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register