एनएसएल खेल्न सेनेगलका देकिते नेपालमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका खेलाडी पापे अब्दुलाह देकिते नेपाल आइपुगेका छन् । ललितपुर सिटी एफसीका डिफेन्डर देकिते सोमबार नेपाल आइपुगेका हुन् । ३२ वर्षीय देकितेले आफ्नो फुटबल करिअर विभिन्न अन्तर्राष्ट्रिय क्लबमा बिताएका छन् । देकितेसँग विभिन्न अफ्रिका, एसिया र अन्य महादेशका लिग खेलेको अनुभव छ । देकितेले भियतनामको टप डिभिजन लिग […]

Mar 17, 2025 - 11:08
 0
एनएसएल खेल्न सेनेगलका देकिते नेपालमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका खेलाडी पापे अब्दुलाह देकिते नेपाल आइपुगेका छन् ।

ललितपुर सिटी एफसीका डिफेन्डर देकिते सोमबार नेपाल आइपुगेका हुन् । ३२ वर्षीय देकितेले आफ्नो फुटबल करिअर विभिन्न अन्तर्राष्ट्रिय क्लबमा बिताएका छन् ।

देकितेसँग विभिन्न अफ्रिका, एसिया र अन्य महादेशका लिग खेलेको अनुभव छ ।

देकितेले भियतनामको टप डिभिजन लिग १ र भारतको केरलाको सुपर केरला लिग पनि खेलिसकेका छन् ।

चैत्र १६ मा हुने उद्घाटन खेलमा ललितपुर र काठमाडौं रेजर्स एफसी आमने सामने हुनेछन् । अनन्त तामाङ ललितपुरको मार्की प्लेयरमा हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register