निर्माण गर्दागर्दै भाँचियो तामाकोसीको पक्की पुल

रामेछाप । निर्माणको करिब अन्तिम चरणमा पुगेको रामेछापको मन्थलीस्थित तामाकोसी नदीमाथिको पक्की पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदीमाथिको ठेडीखोला पुल शुक्रबार अपराह्न भाँचिएको हो । अन्तिम स्पानको ढलान सकिएको केही दिनमा नै पुल भाँचिएको हो । कूल २३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा चारवटा […]

May 10, 2025 - 07:55
 0
निर्माण गर्दागर्दै भाँचियो तामाकोसीको पक्की पुल

रामेछाप । निर्माणको करिब अन्तिम चरणमा पुगेको रामेछापको मन्थलीस्थित तामाकोसी नदीमाथिको पक्की पुल भाँचिएको छ ।

मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदीमाथिको ठेडीखोला पुल शुक्रबार अपराह्न भाँचिएको हो । अन्तिम स्पानको ढलान सकिएको केही दिनमा नै पुल भाँचिएको हो ।

कूल २३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा चारवटा स्पान छन् । दुईवटा स्पान यसअघि नै तयारी भइसकेको सो पुलको बीचको स्पान अन्तिम ढलान गरिएको थियो । ढलान सकिएको केही दिनमा पुल क्रर्याक भएको छ ।

संघीय सरकार सडक विभाग पुल महाशाखामार्फत सो पुल निर्माण भएको हो । यो वर्षा अगाडि नै पुल सञ्चालन गर्ने तयारी थियो । तर अन्तिम समयमा आएर पुल नै भाँचिएपछि निर्माणकार्यमा अन्योलता थपिएको छ ।

सो पुल निर्माणका लागि २०७८ सालमा कालिका–कल्पवृक्ष जेभीले ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणका लागि भ्याट र पीएसबाहेक २२ करोड ५५ लाख ४० हजार रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।

पुल भाँचिनुको कारण खुलेको छैन । निर्माण कम्पनीले तत्काल विज्ञ टोली ल्याएर क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने भएको छ । त्यसपछि पुल पूरै भत्काएर बनाउनु पर्ने वा रिपेयरिङ गर्नुपर्ने बताइएको छ ।

यो पुल रामेछापबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै काठमाडौं जाने सबैभन्दा छोटो बाटोको पुल हो । मन्थलीबाट खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिका जान पनि यो पुलबाट छोटो दूरी पर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register