मंगलबार ७.६६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १३ कम्पनीको ८२ लाख ३७ हजार ९ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Mar 18, 2025 - 09:44
 0
मंगलबार ७.६६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १३ कम्पनीको ८२ लाख ३७ हजार ९ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड ११ लाख १७ हजार ८ सय ९२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register