कस्तो छ भारत-पाकिस्तान सीमा क्षेत्रको पछिल्लो अवस्था

काठमाडौं । भारत-पाकिस्तान सीमा क्षेत्रमा अवस्थित अमृतसरमा बिजुली पुनः सञ्चालनमा आएको छ, तर अझै पनि रेड अलर्ट जारी छ। बीबीसीका अनुसार गए राति अमृतसरमा तीव्र साइरनको आवाजहरू सुनिएका थिए। त्यसपछि आइतबार बिहानै सरकारी अधिकारीहरूले एडभाइजरी जारी गरिन्। दुई देशबीच युद्धबिराम शनिबार साँझबाटै लागू भए पनि भारतीय पक्षले पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको थियो । […]

May 11, 2025 - 02:52
 0
कस्तो छ भारत-पाकिस्तान सीमा क्षेत्रको पछिल्लो अवस्था

काठमाडौं । भारत-पाकिस्तान सीमा क्षेत्रमा अवस्थित अमृतसरमा बिजुली पुनः सञ्चालनमा आएको छ, तर अझै पनि रेड अलर्ट जारी छ।

बीबीसीका अनुसार गए राति अमृतसरमा तीव्र साइरनको आवाजहरू सुनिएका थिए। त्यसपछि आइतबार बिहानै सरकारी अधिकारीहरूले एडभाइजरी जारी गरिन्।

दुई देशबीच युद्धबिराम शनिबार साँझबाटै लागू भए पनि भारतीय पक्षले पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको थियो । अमृतसर लगायतका स्थानमा विस्फोटको आवाज सुनिएको र गोलाबारी भइरहेको सरकारी अधिकारीहरूले नै बताएका थिए ।

राति अबेर भारतका विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलन गरी पाकिस्तानले युद्धविराम उल्लंघन गरेको र यसको जवाफ दिने बताएका थिए ।

आइतबार बिहान सरकारी अधिकारीहरूले जनतालाई घर बाहिर ननिस्कन, घरभित्रै बस्न र झ्यालहरूबाट टाढा रहन अपील गरेका छन्।

‘जब अवस्था पूर्ण रूपमा सुरक्षित हुनेछ, त्यतिबेला प्रशासनको तर्फबाट हरियो संकेत (ग्रीन सिग्नल) दिइनेछ। कृपया नआत्तिनुहोस्, शान्ति कायम राख्नुहोस् र प्रशासनका सबै निर्देशनहरूको पालना गर्नुहोस्,’ एड्भाइजरीमा भनिएको छ ।

१० मे को साँझ भारत र पाकिस्तानबीच संघर्षविराममा सहमति भएको थियो।

दुवै देशबीच गत केही दिनदेखि संघर्ष चलिरहेको थियो। भारत र पाकिस्तानका सेनाहरूले एकअर्काका आक्रमणहरू असफल पारेको दाबी गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register