दीपेन्द्रको विष्फोट अर्धशतकमा पुलिसको अपराजित यात्रा कायमै
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा पुलिसले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो । पुलिसको यो लगातार छैँटौं जित हो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा पुलिसले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो । पुलिसको यो लगातार छैँटौं जित हो ।
९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । दीपेन्द्रले २३ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ५४ रन जोडे । अर्जुन साउद १८ र दिलिप नाथ १० रनमा अविजित रहे ।
गण्डकीका लागि विपिन खत्री र सुवास भण्डनरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले २३.२ ओभरमा ९२ रन बनाएर अलआउट भएको थियो ।
गण्डकीका लागि अर्जुन कुमालले ४८ रन बनाए । उनले ६३ बलमा ८ चौका प्रहार गर्दै ४८ रन बनाए ।
पुलिसका लागि ललित राजवंशीले ५ विकेट लिए । उनले ५.२ ओभरमा ७ रन खर्चेर २ मेडन ओभरसमेत फाले ।
गुल्शनले भने ८ ओभरमा ४२ रन खर्चेरले ४ विकेट लिए । सो क्रममा उनले १ मेडन ओभर फाले ।
What's Your Reaction?






