सुरु भयो यस वर्षको एसईई (तस्वीरहरू)
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार)देखि सुरु भएको छ । देशभरका २०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदै छन् । गत वर्षको एसईईमा भने ४ लाख ६४ हजार ७८५ […]

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार)देखि सुरु भएको छ । देशभरका २०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदै छन् । गत वर्षको एसईईमा भने ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।
गत वर्षको तुलनामा यो वर्ष एसईई दिने विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ ले बढेको छ ।
पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुँदैछ ।
तस्वीरमा काठमाडौंंको गोकर्णेश्वर नगरपालिका–८ मा रहेको लिबर्टी एकेडेमीमा विद्यार्थी परीक्षा दिँदै ।
सम्बन्धित समाचार :
एसईई आजदेखि सुरु, ६४ हजार ७८५ विद्यार्थी सहभागी हुँदै
What's Your Reaction?






