जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट १९ जना पक्राउ

काठमाडौं। टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, टोखा नगरपालिका-८ […]

Mar 20, 2025 - 09:41
 0
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट १९ जना पक्राउ

काठमाडौं।

टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register