ओमोडा एन्ड जेइकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव, नयाँ ग्राहकका लागि विशेष अफर

काठमाडौँ।   एसपिजि अटोमोबाइल्स प्रालिले नेपालमा ‘ओमोडा एन्ड जेइको’को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ। नेपाली बजारमा विद्युतीय एसयुभिको लागि लोकप्रियता प्राप्त गरेको ब्रान्डको लागि यो एक महत्त्वपूर्ण कोसेढुङ्गा हो । काठमाडौँको सिल्भर ओकमा बिहिबार पहिलो वार्षिकोत्सव समारोह आयोजना गर्दै कम्पनीले यस उल्लेखनीय क्षणलाई मनाएको हो ।  वार्षिकोत्सव समारोहमा शारडा ग्रुपका […]

Mar 20, 2025 - 17:14
 0
ओमोडा एन्ड जेइकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव, नयाँ ग्राहकका लागि विशेष अफर

काठमाडौँ। 

 एसपिजि अटोमोबाइल्स प्रालिले नेपालमा ‘ओमोडा एन्ड जेइको’को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ। नेपाली बजारमा विद्युतीय एसयुभिको लागि लोकप्रियता प्राप्त गरेको ब्रान्डको लागि यो एक महत्त्वपूर्ण कोसेढुङ्गा हो । काठमाडौँको सिल्भर ओकमा बिहिबार पहिलो वार्षिकोत्सव समारोह आयोजना गर्दै कम्पनीले यस उल्लेखनीय क्षणलाई मनाएको हो ।

 वार्षिकोत्सव समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका निर्देशक गौरव शारडा, शारडा ग्रुपका निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाल्सका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दको मुख्य उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, “ओमोडा एन्ड जेइकोले छोटो समयमै नेपाली आम ग्राहकको मन जित्न सफल भएको छ । यो सफलता ग्राहकहरूले हामीप्रति गरेको असीम विश्वास हो, यस विश्वासलाई आत्मसात् गर्दै सधैँ गुणस्तरीय सेवा उपलब्ध गराउन ओमोडा एन्ड जेइको परिवार प्रतिबद्ध छ ।”

वार्षिकोत्सव समारोहमा, एसपिजि अटोमोबाइल्सले विगत एक वर्षदेखि नेपाली बजारबाट प्राप्त साथको लागि कृतज्ञता व्यक्त गर्‍यो । साथै कम्पनीले सन् २०२५ मा प्रिमियम र लामो दुरीको विद्युतीय एसयुभिको लाइनअपमा, जेइको जे(फाइभ र जेइको भि(ट्वेन्टि(थ्रिलाई जोड्दै नेपालमा सार्वजनिक गर्ने योजना पनि साझा गर्‍यो।

साथै पहिलो वार्षिकोत्सवको अवसरमा एसपिजि अटोमोबाइल्सले नयाँ ग्राहकहरूका लागि वार्षिकोत्सव विशेष अफर पनि घोषणा गरेको छ । अफरमा, मात्र रू। ५५,९९,००० बाट सुरू हुने ओमोडा एन्ड जेइको सवारी साधनहरू, रू। ५,१५,००० सम्मका विभिन्न फाइदाहरू, १ वर्षको नि:शुल्क  बीमा, र नि:शुल्क  ७ किलोवाटको चार्जर समावेश छन् । साथै, ग्राहकहरूले ब्याट्री र मोटरमा ८ वर्ष वा १,६०,००० किलोमिटरको लामो वारेन्टी, साथै १ वर्षको निस्शुल्क सडक करबाट लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ। 

२०२४ को फेब्रुअरिमा नेपाली बजारमा सार्वजनिक भएदेखि ओमोडा एन्ड जेइकोले बजारमा ८०० भन्दा बढी युनिट विक्री गरी छोटो समयमा नै सफल र बलियो पकड स्थापना गरेको छ । ओमोडा एन्ड जेइकोले नवीनता, प्रविधि र डिजाइनको उत्कृष्ट सङ्गम प्रस्तुत गर्दै नेपाली बजारका ग्राहकहरूलाई आकर्षण गर्न र ‘प्रिमियम मोडिलिटि’लाई पुनस् परिभाषित गर्न सफल भएका छन् । हाल एसपिजि अटोमोबाइल्सले ४३० किलोमिटर रेन्ज दिने ओमोडा इ(फाइभ र ४०० किलोमिटर रेन्ज दिने जेइको जे(सिक्स अफरोड एसयुभिको गाडी बिक्री गर्दै आएको छ । ओमोडा एन्ड जेइकोको देशभर १७ वटा सोरुम तथा ३० भन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसकेको छ ।एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, ओमोडा एन्ड जेइको अटोमोबाइल्सको लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो । 

एसपिजि अटोमोबाइल्स नेपाली अटोमोटिभ बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ । भविष्यको लागि अटल दृष्टिकोणका साथ, ओमोडा एन्ड जेइकोले ग्राहकहरू र साझेदारहरूसँगको आफ्नो सम्बन्धलाई अझ बलियो बनाउन तत्पर रहेको छ । एसपिजि अटोमोबाइल्स एडभेन्चर रूचाउने साहसी तथा अटो उत्साहीहरू र विद्युतीय सवारी साधन खरिद गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा र जेइको सोरुम भ्रमण गर्न र सीमित समय लागू हुने वार्षिकोत्सव विशेष अफरहरूको भरपुर लाभ लिन आह्वान गर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register