जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि 

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत जाने भएका छन् । उनी शुक्रबार बिहान ११ बजे उच्च अदालत पाटन जाने भएका हुन ।  स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा काठमाडौँ जिल्ला अदालतले दिएको आदेश चित्त नबुझेको भन्दै उनी उच्च अदालत जाने भएका हुन् ।  […]

Mar 21, 2025 - 04:15
 0
जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि 

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत जाने भएका छन् । उनी शुक्रबार बिहान ११ बजे उच्च अदालत पाटन जाने भएका हुन । 

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा काठमाडौँ जिल्ला अदालतले दिएको आदेश चित्त नबुझेको भन्दै उनी उच्च अदालत जाने भएका हुन् । 

लामिछानेले आज (शुक्रबार) उच्च अदालत पाटनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्ने बताइएको छ । पुनरावेदन निवेदन दर्ता गर्नकै लागि रवि ११ बजे उच्च अदालत पाटन जाँदैछन् ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी अपचलन मुद्दामा जिल्ला अदालत काठमाडौँले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register