इडन गार्डेनमा कोहलीको विगत, चल्छ त १८१८ को ‘न्यूमेरोलोजी’ फन्डा ?

 काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ भोलिदेखि सुरु हुँदैछ । मार्च २२ देखि सुरु हुने प्रतियोगिताको पहिलो दिन साविक विजेता कोलकत्ता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आमनेसामने हुँदैछन् । सन् २०१२, २०१४ र २०२४ मा गरी ३ पटक उपाधि जितेको केकेआर आफ्नो उपाधि रक्षा गर्न जितको साथ आईपीएल सुरुवात गर्न चाहन्छ […]

Mar 21, 2025 - 11:45
 0
इडन गार्डेनमा कोहलीको विगत, चल्छ त १८१८ को ‘न्यूमेरोलोजी’ फन्डा ?

 काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ भोलिदेखि सुरु हुँदैछ ।

मार्च २२ देखि सुरु हुने प्रतियोगिताको पहिलो दिन साविक विजेता कोलकत्ता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आमनेसामने हुँदैछन् ।

सन् २०१२, २०१४ र २०२४ मा गरी ३ पटक उपाधि जितेको केकेआर आफ्नो उपाधि रक्षा गर्न जितको साथ आईपीएल सुरुवात गर्न चाहन्छ । आफ्नो पहिलो उपाधि जित्ने लक्ष्यमा रहेको आरसीबी पनि विजयको साथ यात्रामा छ ।

यसपटक उद्घाटन खेलमा नै भिड्नै आरसीबी र केकेआरको खेल इडन गोर्डेनमा हुनेछ । आरसीबीका स्टार खेलाडी विराट कोहली (Virat Kohli) को प्रदर्शन कस्तो हुन्छ भनेर सबैलाई कौतुहलता छ । प्रिमियर कप क्रिकेटको ५ खेलमा कुल २१९ रन बनाएर फर्ममा देखिएका कोहली Eden Garden मा केकेआरविरुद्ध विगतको प्रदर्शनलाई फर्केर हेर्दा यस्तो देखिन्छ ।

कोहलीको आईपीएलको प्रदर्शनलाई हेर्ने हो भने इडन गार्डेन उनलाई निकै फाप्ने देखिन्छ । उनले सो स्टेडियममा १३ खेल खेलेका छन् ।

जसमध्ये उनले कुल ३७१ रन बनाएका छन् । जसमा उनको औसत ३७.१० र स्ट्राइक रेट १३०.१८ रहेको थियो । सो क्रममा उनले एक शतक र एक अर्धशतक पनि प्रहार गरेका छन् । उनले एउटा डक आउटको पनि सामना गरेका छन् ।

इडन गार्डेनमा नै केकेआरविरुद्ध उनले १२ खेल खेलेका छन् । जसमध्ये ११ मा उनले ब्याटिङ गर्दा ३४६ रन बनाएका छन् । जसक्रममा उनको औसत ३८.४४ थियो ।

केकेआरविरुद्ध शतक प्रहार गरेपछि सेलिब्रेट गर्दै कोहली

सन् २०१९ को अप्रिल १९ मा केकेआरविरुद्ध नै उनले शतक प्रहार गरेका थिए । सो खेलमा उनलाई निकै महत्वपूर्ण खेलाडीको रुपमा हेरिएको थियो । सो खेलमा उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका थिए । जुन आरसीबीको जितका लागि निकै महत्वपूर्ण साबित भयो । सोही गार्डेनमा उनले एक अर्धशतक पनि प्रहार गरेका छन् ।

आईपीएलमा केकेआरविरुद्धको खेलहरुमा कोहलीको प्रदर्शन निरन्तर राम्रो प्रदर्शन गरेको देखिन्छ । उनले आईपीएलमा केकेआरविरुद्ध ३४ खेल खेलेका छन् । जसमा उनले आरसीबीका लिग ९६२ रन बनाएका छन् । उनको औसत भने ३८.४८ रह्यो ।

३ पटक आईपीएलको उपाधि जितेको केकेआरविरुद्ध उनले एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् । यसको आधारमा पनि कोहली केकेआरको बलिङ आक्रमणलाई विफल बनाउन माहिर देखिन्छन् ।

केकेआरविरुद्ध कोहली शून्यमा आउट

आईपीएलको इतिहासमा केकेआर र आरसीबीको हेड टु हेड निकै रोचक छ । ३४ पटक आमनेसामने भएका छन् । जसमध्ये २० खेलमा केकेआर विजयी हुँदा आरसीबीले १४ खेलमा बाजी मारेको छ । जसमा कोहलीको प्रदर्शनले उतार चढाव व्यहोरेको थियो ।

आरसीबीविरुद्ध केकेआरले बनाएको रन सर्वाधिक २२२ हो । सन् २०२४ को अप्रिल २१ मा भएको खेलमा केकेआरले आरसीबीलाई १ रनले हराएको थियो । २२३ रनको लक्ष्य पछ्याएको आरसीबी पूरै ओभर खेलेर २२१ रनमा अलआउट भयो । त्यस खेलमा विराटले १८ रन मात्र बनाएका थिए । सोही खेलमा केकेआरविरुद्ध आरसीबीले बनाएको २२१ रननै उसको सर्वाधिक हो ।

इडन गार्डेन

आरसीबीविरुद्ध भने केकेआरले बनाएको ८४ रन भने सबैभन्दा कम रन थियो । सन् २०२० को अक्टोबर २१ मा आबुधाबीमा भएको खेलमा पूरै २० ओभर खेलेर केकेआरले ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । ८५ रनको लक्ष्य आरसीबीले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा विराट १८ रनमा अविजित रहे ।

केकेआरविरुद्ध आरसीबीले भने बनाएको ४९ रन आईपीएलको इतिहासको नै सबैभन्दा कम रन हो । सन् २०१७ को अप्रिल २३ मा केकेआरले दिएको १३२ रनको लक्ष्य पछ्याएको आरसीबी ४९ मै अलआउट भएको थियो । त्यो खेलमा विराट शून्यमा आउट भएका थिए । त्यो खेल इडन गार्डेनमा नै भएको थियो ।

के हो १८१८ को ‘न्यूमेरोलोजी’ फन्डा ?

सन् २०२४ को आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हरायो । प्लेयर अफ द म्याच घोषित भएका कोहलीले अन्तर्राष्ट्रिय टी–२० बाट सन्यासको घोषणा गरे । यद्यपि, घरेलु लिगमा भने उनको भूमिका बाँकी देखिन्छ ।

सन् २००८ मा आईपीएल सुरु भएदेखि कोहली आरसीबीका लागि खेलिरहेका छन् । सन् २००९, २०११ र २०१६ मा आईपीएलको फाइनल पुगे पनि आरसीबीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसकारण पनि टोलीमा उनको जिम्मेवारी नसकिएको जस्तो लाग्नु स्वाभाविक हो ।

कोहलीको जर्सी नम्बर १८ हो । यही जर्सी लगाएर उनी मैदानमा प्रवेश गर्छन् । यसपटक आईपीएल १८औं सिजन हो। अब आउँछ – न्यूमेरोलोेजी (Numerology) को फन्डा।

न्यूमेरोलोजीमा एन्जल नम्बर भन्ने हुन्छ । जसलाई आध्यात्मिक जगतले वार्तालापको लागि प्रयोग गर्ने सङ्केतको रुपमा लिइन्छ । यस्तै एक एन्जल नम्बर हो – १८१८ ।

१८१८ को आङ्कडालाई न्यूमेरोलोजीमा एन्जल नम्बर भनिन्छ । जसलाई नयाँ सुरुवात, व्यक्तिगत शक्ति र प्रचुरताको प्रतिक मानिन्छ । भनिन्छ कि यसमा १ ले नयाँ सुरुवात र नेतृत्वलाई जनाउँदछ । जसले चलिरहेको अवस्थाबाट बाहिर आएर नयाँ अवसर पछ्यान सङ्केत दिन्छ । नम्बर ८ भने कर्म, व्यक्तिगत शक्ति र प्रचुरतासँग जोडिन्छ । यो दुवै नम्बर सँगै आउँदा बन्ने १८१८ ले भन्ने सशक्तिकरण र समृद्धि दर्शाउने मानिन्छ ।

कोहली १८औं आईपीएल र उनको १८औं जर्सी नम्बर, १८१८ को मिश्रण । के यसले कोहलीलाई आरसीबीलाई उपाधि जिताउन ‘लकी’ बनाउँछ, भन्ने पनि चर्चा चलेको छ । न्यूमेरोलोजी आफै एउटा बहसको विषय हो । कतिले यसलाई अन्धविश्वास त कतिले यसलाई भाग्यको खेल पनि भन्छन् ।

प्रसिद्ध गणितज्ञ जी एच हार्डीले भनेका छन्, ‘क्रिकेट इज ए गेम अफ नम्बर्स’अर्थात क्रिकेट नम्बरको खेल हो । यसकारण पनि आईपीएलमा आरसीबीको जित कोहलीको जर्सी नम्बर र आईपीएलको सिजनमा निर्भर नभएपनि पनि उनको ब्याटबाट बन्ने रनमा भने पक्कै निर्भर छ । तर, फर्ममा रहेका कोहलीले न्यूमेरोलोजीको आकलनलाई पनि झुटो भने हुन नदिने देखिन्छ ।

आईपीएलबाट हराएका ५ टिम

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register