बागमतीले दियो कोशीलाई २४१ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशले कोशी प्रदेशलाई २४१ रनको लक्ष्य दिएको छ । लमहीस्थि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनमा अलआउट भएको हो । बागमतीका लागि शुभ कंशकारले ३९ रन बनाए । अशुतोष घिरैयाले २९ र इशान पाण्डेले २५ रनको योगदान गरे । कप्तान […]

Mar 22, 2025 - 06:58
 0
बागमतीले दियो कोशीलाई २४१ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशले कोशी प्रदेशलाई २४१ रनको लक्ष्य दिएको छ ।

लमहीस्थि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनमा अलआउट भएको हो ।

बागमतीका लागि शुभ कंशकारले ३९ रन बनाए । अशुतोष घिरैयाले २९ र इशान पाण्डेले २५ रनको योगदान गरे । कप्तान पृथु बासकोटाले २४ रन बनाउँदा विपिन आचार्य २४ रनमा अविजित रहे ।

सुजन थपलिया र प्रकाश कार्कीले २–२ विकेट लिए । फिर्दोश अन्सारी, दिपेश कंडेल र ज्ञानेन्द्र श्रेष्ठले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register