सेवाजस्तै विजेता घोषणामा पनि सुस्त महालक्ष्मी विकास बैंक, दशैँको विजेता बल्ल घोषणा 

काठमाडौँ । सेवा प्रवाहमा साह्रै सुस्त रहेको महालक्ष्मी विकास बैंक विजेता घोषणा र पुरस्कार वितरणमा पनि सुस्त देखिएको छ । बैंकले दशैँलाई लक्षित गरेर सञ्चालन गरेको ‘नेपाल दशैँ अभियान २०२४’ को विजेता चैतमा घोषणा गरेको हो ।  बैंकले घोषणा गरेका विजेताहरू नारायण कार्की र सन्तोष ध्वज रहेका छन् । महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गर्नेहरुमध्येबाट बैंकले […]

Mar 23, 2025 - 08:40
 0
सेवाजस्तै विजेता घोषणामा पनि सुस्त महालक्ष्मी विकास बैंक, दशैँको विजेता बल्ल घोषणा 

काठमाडौँ । सेवा प्रवाहमा साह्रै सुस्त रहेको महालक्ष्मी विकास बैंक विजेता घोषणा र पुरस्कार वितरणमा पनि सुस्त देखिएको छ । बैंकले दशैँलाई लक्षित गरेर सञ्चालन गरेको ‘नेपाल दशैँ अभियान २०२४’ को विजेता चैतमा घोषणा गरेको हो । 

बैंकले घोषणा गरेका विजेताहरू नारायण कार्की र सन्तोष ध्वज रहेका छन् । महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गर्नेहरुमध्येबाट बैंकले कार्की र ध्वजलाई विजेता घोषणा गरेको हो ।

बैंकको ‘नेपाल दशैँ अभियान २०२४’ को विजेता बनेसँगै उनीहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर पाउने बैंकले जनाएको छ । 

उक्त अभियानको उद्देश्य दशैँमा हुने आर्थिक कारोबारलाई डिजिटलाईज गर्ने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग गराउने रहेको बैंकले जनाएको छ । तर, बैंकले दशैँलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानको विजेता घोषणा भने साह्रै ढिला भएको स्वयम् बैंकका ग्राहकहरुले बताइरहेको छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register