सामाजिक व्यक्तित्व राजु गिरीले विद्यालयमा मनाए जन्मदिन

लक्ष्मीपुर, १० चैत । सामाजिक व्यक्तित्व झापा अर्जुनधारा–५ का राजु गिरीले विद्यार्थीसँग आफ्नो जन्मोत्सव मनाएका छन् । गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा–५ स्थित बागेडाँगीको समावेशी प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । सहारा नेपालका लेखा अधिकृत समेत रहेका गिरीले समावेशी प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरेर [...] The post सामाजिक व्यक्तित्व राजु गिरीले विद्यालयमा मनाए जन्मदिन appeared first on Jhapa Online.

Mar 23, 2025 - 13:08
 0
सामाजिक व्यक्तित्व राजु गिरीले विद्यालयमा मनाए जन्मदिन

लक्ष्मीपुर, १० चैत । सामाजिक व्यक्तित्व झापा अर्जुनधारा–५ का राजु गिरीले विद्यार्थीसँग आफ्नो जन्मोत्सव मनाएका छन् ।

गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा–५ स्थित बागेडाँगीको समावेशी प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । सहारा नेपालका लेखा अधिकृत समेत रहेका गिरीले समावेशी प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरेर जन्मदिन मनाएका छन् ।

आज परेको गिरीको जन्मदिनको अवसर पारेर उहाँकी श्रीमती मिना गिरीसहितले उक्त विद्यालयमा पुगेर विद्यार्थीलाई पोशाक बितरण गरेका हुन् । गिरीले प्रत्येक वर्ष आफ्नो, श्रीमती र छोराछोरीको जन्मदिन तथा आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

स्थानीय जेष्ठ नागरिक तोयानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गिरीले सबैले फजुल खर्च गरेर मनाउने जन्मदिनको साटो सामाजिक कार्य गरेर मनाउन आग्रह गरेका छन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

बाल कक्षादेखि कक्षा–५ सम्म अध्ययापन हुने उक्त विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरेर पाँच जना रहेका विद्यालयका प्रधानाध्यापक मेघप्रसाद भट्टराईले जानकारी दिए । पोशाक बितरण कार्यक्रमको सहजीकरण बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) ले गरेका थिए ।

The post सामाजिक व्यक्तित्व राजु गिरीले विद्यालयमा मनाए जन्मदिन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register