कुलमान बर्खास्तबारे गगन थापा : असन्तुष्टिको आगोमा सरकारले मट्टितेल खन्यायो

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयमा असन्तुष्टि व्य्क्त गरेका छन् । आम नागरिकमा असन्तुष्टि बढिरहेको समयमा कुलमानलाई बर्खास्त गर्दै सरकारले असन्तुष्टिको आगोकमा मट्टितेल खनाउने काम गरेको उनले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै काङ्ग्रेस महामन्त्री थापालेका भनेका छन्,’ आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही […]

Mar 24, 2025 - 16:56
 0
कुलमान बर्खास्तबारे गगन थापा : असन्तुष्टिको आगोमा सरकारले मट्टितेल खन्यायो

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयमा असन्तुष्टि व्य्क्त गरेका छन् । आम नागरिकमा असन्तुष्टि बढिरहेको समयमा कुलमानलाई बर्खास्त गर्दै सरकारले असन्तुष्टिको आगोकमा मट्टितेल खनाउने काम गरेको उनले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै काङ्ग्रेस महामन्त्री थापालेका भनेका छन्,’ आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?’ थापाको प्रश्न छ ।

मन्त्रीहरूले बाटो विराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्नेमा प्रधानमन्त्रीले कुलमानलाई बर्खास्त गरेर गलत निर्णय गरेको उनको भनाइ छ । ‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो तर विडम्बना त्यो भएन,’ उनले भनेका छन् ।

सरकार उल्टो बाटोमा हिँडेको भन्दै उनले यसले सही गन्तव्यमा नपुर्‍याउने उल्लेख गरेका छन् । सरकारको निर्णय गलत रहेको उनको भनाइ छ । काङ्ग्रेस महामन्त्री थापा सरकार सञ्चालनका लागि गठित संयन्त्रका सदस्य समेत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register