कालोपुलमा ढुङ्गा प्रहारबाट महानगरका कर्मचारी घाइते

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रुपमा बनेका संरचना हटाउने क्रममा महानगरका कर्मचारीमाथि आक्रमण भएको छ । काम अवरोध गर्न आएका समूहले ढुङ्गा प्रहार गर्दा महानगरका एक चालक कर्मचारी घाइते भएका छन् । घाइते कर्मचारीको दाहिने हात र दाहिने खुट्टाको घुँडानजिक गहिरो चोट लागेको महानगरले जनाएको छ । उनले अहिले उपचार भइरहेको छ । […]

Mar 25, 2025 - 04:05
 0
कालोपुलमा ढुङ्गा प्रहारबाट महानगरका कर्मचारी घाइते

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रुपमा बनेका संरचना हटाउने क्रममा महानगरका कर्मचारीमाथि आक्रमण भएको छ । काम अवरोध गर्न आएका समूहले ढुङ्गा प्रहार गर्दा महानगरका एक चालक कर्मचारी घाइते भएका छन् ।

घाइते कर्मचारीको दाहिने हात र दाहिने खुट्टाको घुँडानजिक गहिरो चोट लागेको महानगरले जनाएको छ । उनले अहिले उपचार भइरहेको छ ।

घाइतेको नाम भने खुलाइएको छैन ।

घटनाका दोषी पहिचान गर्न र सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरी र प्रशासनसँग समन्वय भइरहेको महानगर स्रोतले जनाएको छ ।

यसका बीच महानगरले अवैध रुपमा बनेका संरचना हटाउने कामलाई निरन्तरता दिने बताएको छ भने सुरक्षा निकायलाई दोषी पहिचान गरी कारबाही गर्न आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register