ओस्कार विजेता प्यालेस्टिनी निर्देशक बल्लाल हिरासतमा

काठमाडौं । ओस्कर विजेता वृत्तचित्र “नो अदर ल्याण्ड” का चार सह-निर्देशकहरू मध्ये एक प्यालेस्टिनी निर्देशक हमदान बल्लाललाई वेस्ट बैङ्कमा हिरासतमा लिइएको छ । सोमबार सुस्या गाउँमा भएको आक्रमणको क्रममा इजरायली सेनाले उनको घर घेरेको यहूदी अहिंसा समूहको केन्द्रले जनाएको छ । “नो अदर ल्याण्ड”का सह-निर्देशक युवल अब्राहमले भने, “बल्लाललाई एम्बुलेन्समा हुँदा इजरायली सैनिकहरूले कुटपिट गरी […]

Mar 25, 2025 - 10:53
 0
ओस्कार विजेता प्यालेस्टिनी निर्देशक बल्लाल हिरासतमा

काठमाडौं । ओस्कर विजेता वृत्तचित्र “नो अदर ल्याण्ड” का चार सह-निर्देशकहरू मध्ये एक प्यालेस्टिनी निर्देशक हमदान बल्लाललाई वेस्ट बैङ्कमा हिरासतमा लिइएको छ ।

सोमबार सुस्या गाउँमा भएको आक्रमणको क्रममा इजरायली सेनाले उनको घर घेरेको यहूदी अहिंसा समूहको केन्द्रले जनाएको छ ।

“नो अदर ल्याण्ड”का सह-निर्देशक युवल अब्राहमले भने, “बल्लाललाई एम्बुलेन्समा हुँदा इजरायली सैनिकहरूले कुटपिट गरी लगेका थिए ।”

यद्यपि, इजरायलले यो दाबीलाई अस्वीकार गरेको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले बल्लालको नाम नलिई तीन प्यालेस्टिनी र एक इजरायलीलाई सुरक्षा बलमाथि ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको बताएको छ ।

यहूदी समूहले बताएअनुसार साँझ ६ बजेतिर सुस्या गाउँमा करिब एक दर्जन नकाबधारी मानिसहरूले आक्रमण गरेका थिए ।

निर्देशक अब्राहमले आक्रमणबाट धेरै जना घाइते भएको र सम्पत्तिमा क्षति पुगेको बताएका छन् ।

इजरायली सेनाले स्थिति नियन्त्रणमा लिन सेना र इजरायली प्रहरी घटनास्थलमा पुगेको पुष्टि गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register