क्षयरोग परीक्षणमा साधनको कमी, एघार जिल्लामा दस जेनएक्पर्ट केन्द्र 

नवलपरासी।  मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरियाबाट सर्ने क्षयरोग परीक्षणका लागि साधनको कमी देखिएको छ । विश्व क्षयरोग दिवसका अवसरमा प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा क्षयरोगकाे अवस्था,निदानका प्रयास र आगामी योजनाका विषयमा चर्चा गरिएकाे थियाे । जिल्लामा क्रियाशील स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधि एवं सराेकारवालाहरू उपस्थित उक्त कार्यक्रममा समाजमा व्याप्त क्षयराेगकाे सूक्ष्म परीक्षणका लागि प्रभावकारी […]

Mar 25, 2025 - 16:46
 0
क्षयरोग परीक्षणमा साधनको कमी, एघार जिल्लामा दस जेनएक्पर्ट केन्द्र 

नवलपरासी। 

मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरियाबाट सर्ने क्षयरोग परीक्षणका लागि साधनको कमी देखिएको छ । विश्व क्षयरोग दिवसका अवसरमा प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा क्षयरोगकाे अवस्था,निदानका प्रयास र आगामी योजनाका विषयमा चर्चा गरिएकाे थियाे ।

जिल्लामा क्रियाशील स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधि एवं सराेकारवालाहरू उपस्थित उक्त कार्यक्रममा समाजमा व्याप्त क्षयराेगकाे सूक्ष्म परीक्षणका लागि प्रभावकारी साधन जेनेएक्सपर्ट मेसिनकाे कमी रहेको कुरा ओैल्याईयाे ।

बताईए अनुसार सदरमुकाम स्थित मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा रहकाे एउटै मात्र जेनएक्सपर्ट मेसिनले जिल्लाका ८ पालिकामा भेटिएका क्षयराेगका संकास्पद बिरामीकाे परीक्षण गर्न कठीनाई रहेको छ ।

गाउँ गाउँमा रहेका बिरामी क्षयरोग परीक्षण गर्न भन्दै सदरमुकाम आई रहन असहज भकाेले राज्यले पाएकका हिसाबले जेनक्सपर्ट जस्ता प्रभावकरी मेसिनकाे व्यवस्था गरिनु पर्ने स्वास्थ्यकर्मीहरूले बताए ।  प्रभावकारी मेसिनकाे अभावमा अझै पनि कुनै मानिसमा क्षयराेगकाे संका लागेमा बिरामीकाे खकार माईक्राेस्कपबाट परीक्षण उहीँ सरल उपाए अपनाउने गरिन्छ । 

जुन पुरानाे विधि हाे जसले ५ हजार भन्दा कम सख्यामा रहेका क्षयराेगका किटाणुलाई पहिचानै गर्न नसक्ने हुँदा, मात्रै १६ वटा सम्म व्याक्टेरिया पनि सहजै देखाउन सक्ने क्षमता राख्ने जेनएक्सपर्ट मेसिन  क्षयरोग परीक्षणमा प्रभावकारी मानिदै आएकाे छ ।

प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लामा क्षयरोग सम्बन्धी सेवाका लागि ६६ स्थानमा डट्स सेन्टर,१३ माईक्रोस्कपी परीक्षण सेन्टर,डिआर हाेस्टेल १ रहेको छ ।देशकै मध्यभाग र जनसंख्यका हिसाबले पनि बढीनै जनघनत्व रहेको गण्डकी प्रदेशमा ११ जिल्ला छन्।  तर, पनि भुसको आगाे झै समाजकाे भीत्रभित्र फैलिरहेकाे संक्रामक क्षयराेगकाे परीक्षण गर्ने यन्त्र जेनएक्सपर्ट प्रदेशभर १० थान मात्र रहेको बताइएको छ ।

प्रदेश स्वास्थ्य कार्यालय नवलपरासी पूर्वकाे तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिनामा पहिचान भएकासहित ४ सय २६ जनाले जिल्लामा क्षयराेगकाे उपचार सेवा लिई रहेका छन् ।

जसमा क्षयरोग पहिचान भएका बिरामी मध्ये चालू आ व काे साेही अवधिमा ११ जनाकाे मृत्यु भएकाे जनस्वास्थ्य कार्यालयका टिवी फाेकल पर्सन डिल्लीराम तिवारीले बताए ।तिवारीका अनुसार जिल्लामा  क्षयराेगका बिरामीको उपचारमा ९२ दशमलव २ प्रतिसत सम्म सफलता हासिल भएकाे छ ।

जर्मन बैज्ञानिक राेवर्ट ककले सन १८८२ मार्च २४ मा पहिलाे पटक क्षयराेगका किटाणु पत्ता लगाएकाले संसारभर २४ मार्चलाई विश्व क्षयरोग दिवसका रूपमा मनाउने गरिन्छ ।

कार्यक्रम जिल्ला समन्वय प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्य तथा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register