ब्राउनसुगर र गाँजा ओसार-पसारमा संलग्न ११ जना पक्राउ

झापा, १३ चैत । मोरङ, झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट बंगाल का [...] The post ब्राउनसुगर र गाँजा ओसार-पसारमा संलग्न ११ जना पक्राउ appeared first on Jhapa Online.

Mar 26, 2025 - 06:30
 0
ब्राउनसुगर र गाँजा ओसार-पसारमा संलग्न ११ जना पक्राउ

झापा, १३ चैत । मोरङ, झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट बंगाल का ३२ बर्षीय साम्सद खान र २७ बर्षीय साहेव अलीलाई ब्राउन सुगर ८७ ग्राम ३४०मिलिग्राम सहित झापा मेचीनगर नगरपालिका-६ स्थितबाट पक्राउ गरेको छ ।

त्यसैगरी, विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा देश भारत राज्य विहार अररिया नरपथगंजका २२ बर्षीय मोहमद नहिमलाई ब्राउन सुगर १ ग्राम ७ मिलिग्राम, उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का २७ बर्षीय पेशल बस्नेत र २३ बर्षीय गगन खतिवडालाई १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर र NITRAVET-10- १५ ट्याबेलट, मोरङ सुन्दरहरैचा- ५ का १९ बर्षीय कबिन राईलाई ४ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१० का १८ बर्षीय रविन थाङ्देन र  २१ बर्षीय अमृत तामाङलाई प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पकलीले स्थानिय २६ बर्षीय मो.सादिक मिँया र ३५ बर्षीय मो.समिर मिँयालाई ब्राउन सुगर ४ ग्राम ६२० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा यात्रुवाहक बसमा सवार रहेका धनकुटा सहिदभुमी- ७ का ३२ बर्षीय चिरन्जिवी राईलाई १५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post ब्राउनसुगर र गाँजा ओसार-पसारमा संलग्न ११ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register