लागुऔषध गाँजा बोकेको टेम्पोसहित चालक पक्राउ

धनकुटा, १४ चैत । धनकुटाको शहिदभूमि गाउँपालिका–१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १३ गते राती साढे १० बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह ९१३३ नम्वरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ [...] The post लागुऔषध गाँजा बोकेको टेम्पोसहित चालक पक्राउ appeared first on Jhapa Online.

Mar 27, 2025 - 06:18
 0
लागुऔषध गाँजा बोकेको टेम्पोसहित चालक पक्राउ

धनकुटा, १४ चैत । धनकुटाको शहिदभूमि गाउँपालिका–१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र १३ गते राती साढे १० बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह ९१३३ नम्वरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद भए संगै अटो टेम्पो र ओसार पसारमा संलग्न रहेका चालक शहिदभूमि–१ का २५ वर्षीय अभिषेख विक समेतलाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषध गाँजा बोकेको टेम्पोसहित चालक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register