कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय सभा बैठक पनि अवरुद्ध

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा प्रतिपक्षी दलले आज राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेका थिए । उनीहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे । लगत्तै बोलेका माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई […]

Mar 26, 2025 - 08:02
 0
कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय सभा बैठक पनि अवरुद्ध

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा प्रतिपक्षी दलले आज राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेका थिए । उनीहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे ।

लगत्तै बोलेका माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई हटाएको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि बैठक अघि बढ्न सकेको छैन । यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register