रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायती गर्ने वडासदस्य साह जेल चलान

जनकपुरधाम । सिरहाको नवराजपुरकी रिङ्कु सदाको सामूहिक बलात्कार तथा शङ्कास्पद मृत्यु प्रकरणमा पञ्चायती गर्ने वडासदस्य नथुनी साह पुर्पक्षको लागि जेल चलान भएका छन् । सिरहा जिल्ला अदालतको मङ्गलबारको आदेशअनुसार वडा सदस्य साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको सिरहा प्रहरीले जनाएको छ । अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई जेल पठाउने तथा पञ्चायतीमा भूमिका खेल्ने […]

Mar 26, 2025 - 08:02
 0
रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायती गर्ने वडासदस्य साह जेल चलान

जनकपुरधाम । सिरहाको नवराजपुरकी रिङ्कु सदाको सामूहिक बलात्कार तथा शङ्कास्पद मृत्यु प्रकरणमा पञ्चायती गर्ने वडासदस्य नथुनी साह पुर्पक्षको लागि जेल चलान भएका छन् ।

सिरहा जिल्ला अदालतको मङ्गलबारको आदेशअनुसार वडा सदस्य साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको सिरहा प्रहरीले जनाएको छ ।

अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई जेल पठाउने तथा पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको आदेश दिएको श्रेस्तेदार निरज पोखरेलले जानकारी दिए ।

श्रेस्तेदार पोखरेलका अनुसार स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त पर्ने दुई जना गरी ६ जनासँग जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको हो । अपहरण तथा बलात्कारका मुख्य आरोपित नाबालकलाई भने अदालतले परिवारको जिम्मामा छाडिदिएको छ ।

यस्तै, स्थानीय रामविनोद मण्डल र कमलेश दासलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश भएको श्रेस्तेदार पोखरेलले जानकारी दिए । यस घटनामा अपहरण तथा बलात्कारका आरोपित दुई नाबालक र घटना गाउँमै मिलाउन पञ्चायती गर्ने ८ जना गरी दश जना अझै फरार छन् ।

उनीहरुका नाममा कानुनबमोजिम म्याद जारी हुने अदालतले जनाएको छ ।

रिङ्कु सदा माघ २७ गते साँझ शौच गर्न घरछेउको खेततिर जाँदा स्थानीय तीन जनाबाट बलात्कृत भएकी थिइन् । कपडा च्यातिएको, शरीरमा माटो लागेको अवस्थामा भोलिपल्ट बिहान ४ बजे मात्रै उनी घर आइपुगेकी थिइन् । उनलाई शौच गरिरहेका बेला अचानक आरोपितहरु आएर शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको र नमान्दा करेसाबारीमा लगी पालैपालो बलात्कार गरेको भनि रिङ्कुले आमाले बताएकी थिइन् ।

गाउँमा हल्ला भएपछि गाउँमै पञ्चायती गरेर मिलाउने प्रयास गरिएको थियो  । गाउँका दुइ दर्जन बढी स्थानीयहरुको सहभागितामा बसेको पञ्चायतीले आरोपितले एक लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरिएको थियो  ।

तर, आरोपितले दिने रकम पनि पञ्चायतीका अगुवाले आपसमा बाँडचुँड गर्न खोजेका थिए भने पैसा तिर्न आरोपितबीच मै विवाद भएपछि घटना थप जटिल बन्न पुगेको र पीडक पक्षबाट छिटो मिल्न भनि पीडितलाई धम्की आइरहेको अवस्थामा माघ ३० गते साँझ आफ्नै घरमा रिङ्कु झुन्डिएको अवस्थामा फेला परेकी थिइन्  ।

यस घटनामा इलाका प्रहरी कार्यालय, लहानले अपहरण तथा बलात्कारका मुख्य आरोपित एक जनाविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनमा जाहेरी लिएको थियो ।

घटनाबारे विभिन्न मिडियामा समाचार आएपछि बल्ल प्रहरीले ८ जनाविरुद्ध शरीर बन्धक, जबर्जस्ती करणी, लेनदेन मिलापत्र र आत्महत्या दुरुत्साहन गरी चार कसुरमा पूरक जाहेरी लिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register