पोखरामा जारी वाडा अटो शोमा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रनका गाडीमा विशेष अफर
पोखरा । पोखरामा आजदेखि सुरु भएको ‘वाडा अटो शो २०२५’का लागि निसान, ओमोडा एन्ड जेइको, जिकर, लिप मोटर र सिट्रन गाडीहरूमा आकर्षक अफर सार्वजनिक भएको छ । बराल ग्रुप अन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स र एसएसएल मोटर्सले सीमित अवधिका लागि उक्त अफर ल्याएका हुन् । निसान, ओमोडा एन्ड जेइको, र जिकरको आधिकारिक डिलर एलिट मोटर्स तथा लिप मोटर र सिट्रनको आधिकारिक डिलर एसएसएल मोटर्स दुवै कम्पनी बरालग्रुप अन्तर्गत सञ्चालनमा छन् । अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गर्दैछ । जहाँ सह...

What's Your Reaction?






