म्यानमारमा शक्तिशाली भूकम्पको धक्का

एजेन्सी, १५ चैत । म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ । भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ । केन्द्रबिन्दु [...] The post म्यानमारमा शक्तिशाली भूकम्पको धक्का appeared first on Jhapa Online.

Mar 28, 2025 - 07:32
 0
म्यानमारमा शक्तिशाली भूकम्पको धक्का

एजेन्सी, १५ चैत । म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ ।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ ।

केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो । हालसम्म क्षतिको विवरण भने प्राप्त हुनसकेको छैन ।

भारतीय मिडियाहरुले दिल्ली एनसीआरमा समेत भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । उता, थाइल्याण्डको राजधानी बै‌ंककमा पनि भूकम्पले मज्जाले हल्लाएको थियो ।

The post म्यानमारमा शक्तिशाली भूकम्पको धक्का appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register