काठमाडौँमा कर्फ्यूपछि सेना निस्कियो सडकमा

काठमाडौँ। काठमाडौँ तीनकुनेको कर्फ्यु क्षेत्रमा नेपाली सेना पनि खटिएको छ। गृह मन्त्रालयमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकलगत्तै कर्फ्यु क्षेत्रमा सेना परिचालन भएको हो । गृहमन्त्री रमेश लेखक अध्यक्ष रहेको समितिको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी महानिरीक्षक, सेनाका सहायक रथी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए । कर्फ्युमा मुख्य रूपमा सेनाले कमान्ड सम्हाल्ने गर्छ […]

Mar 28, 2025 - 16:17
 0
काठमाडौँमा कर्फ्यूपछि सेना निस्कियो सडकमा

काठमाडौँ। काठमाडौँ तीनकुनेको कर्फ्यु क्षेत्रमा नेपाली सेना पनि खटिएको छ।

गृह मन्त्रालयमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकलगत्तै कर्फ्यु क्षेत्रमा सेना परिचालन भएको हो ।

गृहमन्त्री रमेश लेखक अध्यक्ष रहेको समितिको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी महानिरीक्षक, सेनाका सहायक रथी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए ।

कर्फ्युमा मुख्य रूपमा सेनाले कमान्ड सम्हाल्ने गर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी ‘ब्याक सपोर्ट’ मा खटिने छन्।

तस्विर- सेतोपाटी 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register